आयंका सरकारको ‘स्वच्छ वातावरण’ अभियन्ता

देश । नेपाल सरकारले कलाकारद्वय प्रियंंका कार्की र आयुष्मान देशराज जोशीलाई स्वच्छ वातावरण महाअभियानको अभियन्ता नियुक्त गरेको छ । वन तथा वातावरण मन्त्रालयमा फागुन ७ गते बसेको मन्त्रीस्तरीय बैठकले प्रियंका र आयुष्मानलाई एक वर्षे कार्यकालका लागि अभियन्ताको रुपमा नियुक्त गरेको हो । मन्त्रालयका अनुसार उनीहरले देशभर स्वच्छ वातावरण बनाउको लागि जनचेतनाको कार्यक्रमहरु गर्ने छन् ।

केही साताअघि मात्र सामाजिक काममा योगदान पुर्याउने उद्देश्यले आयंका फाउन्डेसन दर्ता गरेका प्रियंका र आयुष्मानले स्वच्छ वातावरण महाअभियानको अभियन्ताको जिम्मेवारी पाउँदा खुशी लागेको बताए । ‘हामीलाई दिएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गर्दछौ’ प्रियंका भन्छिन् ‘हामीले काम गर्ने जोसजाँगर हुदै पाएको काम र विश्वासलाई पुरा गर्न कुनै कसर बाँकी राख्ने छैनौ ।’ पछिल्लो समय फिल्ममा व्यस्त रहेका प्रियंका र आयुष्मानले आफ्नो समय निकाल्दै समाज सेवामा पनि सक्रिय हुने निर्णय केहि समय अगाडी मात्र गरेका थिए ।

कमेन्ट गर्नुहोस्