कमेन्ट गर्नुहोस्
बेस्ट प्लेयरमा मेसी, रोनाल्डो र लेवान्डोस्की
विदेश । फुटवलको सर्वोच्च संस्था फिफाले हरेक वर्ष प्रदान गर्दै आएको ‘दी बेस्ट फिफा अवार्ड’को विभिन्न विधामा अन्तिम ३ मा पर्न सफल खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजनिक भएको छ । उत्कृष्ट पुरुष र महिला उत्कृष्ट खेलाडीसहित विभिन्न ७ विधामा बेस्ट ३ मा पर्नेहरुको सार्वजनिक भएका छन् । उनीहरुलाई डिसेम्बर १७ मा आयोजना हुने समारोहमा अवार्ड प्रदान गरिनेछ ।
यस अगाडी सार्वजनिक गरिएको ११ खेलाडी मध्येबाट छानिएको ३ को सूचीमा पुरुष उत्कृष्ट खेलाडीतर्फ क्रिस्टियानो रोनाल्डो, लिओनल मेसी र रोवर्टो लेवान्डोस्की परेका छन् । बेस्ट अवार्ड अन्तर्गत महिला र पुरुष उत्कृष्ट खेलाडीसहित महिला र पुरुष उत्कृष्ट प्रशिक्षक, महिला र पुरुष उत्कृष्ट गोलकिपर र उत्कृष्ट गोलकर्ताले पाउने पुरस्कार अवार्डको लागि अन्तिम ३ मा पर्नेहरुको मनोनयन सार्वजनिक भएको हो ।
मनोनयनमा पर्नेहरुको सूची यस्तो छ :
दी बेस्ट फिफा मेन्स प्लेअर
लिओनल मेसी, क्रिस्टियानो रोनाल्डो, रोवर्ट लेवान्डोस्की ।
दी बेस्ट फिफा वुमन्स प्लेअर
लुसी ब्रोन्ज, पर्निल हार्डनर, वेन्डी रेनार्ड ।
दी बेस्ट फिफा वुमन्स गोलकिपर
साराह बउहाडी, क्रिस्टियन एनडलर, एलिसा नाएहर ।
दी बेस्ट फिफा मेन्स गोलकिपर
एलिसन बेकर, मानुएल नोए, जान ओब्लाक ।
दी बेस्ट फिफा वुमन्स कोच
एम्मा हायस, जिएन लुसी भासेर, सारिना विगमन ।
दी बेस्ट फिफा मेन्स कोच
मार्सेलो बिएस्ला, हान्स डिएटर फ्लिक, योर्गन क्लोप ।
फिफा पुस्कास अवार्ड
जिओर्जिएन्ड अरास्काएटे, हेउन मिन सन, लुइस सुआरेज ।





