लालबन्दीको मेयरमा कांग्रेसका बासुदेव विजयी

देश । सर्लाहीको लालबन्दीमा मेयर तथा उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । लालबन्दीमा नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार बासुदेव अधिकारीले ९ हजार ५ सय ६१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका गोविन्द बहादुर महतले ७ हजार ८ सय ८३ मत प्राप्त गरेका छन् । यस्तै, लालबन्दीमा उपमेयर तर्फ काङ्ग्रेसकी कल्पनामाया पाख्रिन निर्वाचित भएकी छिन् । पाख्रिनले ८ सय ८ सय ५० मत ल्याउँदा उनकी निकटम प्रतिद्वन्द्वी एमालेकी सनसरीमाया थिङले ८ हजार १ सय ५९ मत मात्र प्राप्त गरिन् ।

नगरपालिकामा कांग्रेससँग गठबन्धन नै नभएपनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनलाई सघाउनु भनेपछि आक्रोशित बनेका स्थानीय कांग्रेस कार्यकर्ताले उम्मेदवारी फिर्ता हुन् दिएका थिएनन् । उम्मेदवारी दर्ताको समयमा केन्द्रबाट ढिला पत्राचार भएपछि लालबन्दी स्थित निर्वाचन कार्यालयले नेपाली कांग्रेसका तर्फबाट बासुदेव अधिकारीको उम्मेदवारी कायम नै राखेको थियो । दोस्रो पटक पनि केन्द्रबाट नै सभापति देउवाको हस्ताक्षर रहेको गठबन्धनलाई सघाउनु भन्ने पत्र आएपछि स्थानीय कांग्रेसी आक्रोशीत हुँदै कुनै पनि हालतमा पछाडी नहट्ने बताएका थिए ।

यस्तै वडातर्फ वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार हरी बहादुर भट्टराई ५ सय ५७ मत , वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रका किरण कुमार पासवान १ हजार २९ मत , वडा नम्बर ३ मा नेपाली कांग्रेसका बुद्ध देव चौधरी ४ सय ९७ मत , वडा नम्बर ४ मा नेपाली कांग्रेसका सत्यनारायण चौधरी ७ सय ८३ मत , वडा नम्बर ५ मा नेपाली कांग्रेसका मिन प्रसाद ढुंगेल ९ सय ४० मत , वडा नम्बर ६ मा नेकपा एमालेका लाल बहादुर योन्जन ५ सय ३७ मत , वडा नम्बर ७ मा नेपाली कांग्रेसका कृष्णकुमार कार्की १ हजार ४९ मत , वडा नम्बर ८ मा नेकपा माओवादी केन्द्रका शुक्र बहादुर पाख्रिन ४ सय ६० मत , वडा नम्बर ९ मा नेपाली कांग्रेसका नारायण अधिकारी ७ सय ७६ मत , वडा नम्बर १० मा नेपाली कांग्रेसका तो बहादुर श्रेष्ठ ४ सय ८० मत , वडा नम्बर ११ मा नेकपा एमालेका दिपक कुमार लामा ७ सय १५ मत , वडा नम्बर १२ मा नेकपा माओवादी केन्द्रका दुर्गा बहादुर आले ३ सय ९८ मत , वडा नम्बर १३ मा नेपाली कांग्रेसका शिव कुमार बैद्य ५ सय १६ मत , वडा नम्बर १४ मा नकपा एमालेका छेनाम सिंह घिसिङ ८ सय ३१ मत , वडा नम्बर १५ मा नेकपा माओवादी केन्द्रका गोरख बहादुर बल ६ सय २१ मत , वडा नम्बर १६ मा नेकपा माओवादी केन्द्रका गणेश बहादुर थापा ८ सय १८ मत , वडा नम्बर १७ मा नेकपा माओवादी केन्द्रका विष्णु हरी अधिकारी ९ सय ७९ मत प्राप्त गर्दै वडा अध्यक्ष पदमा निर्वाचित भएका छन् ।

कमेन्ट गर्नुहोस्