देश । आन्तरिक वायुसेवा कम्पनीहरुले सबै सिटमा यात्रु राखेर उडान गर्न पाउने भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सबै वायुसेवा कम्पनीहरुलाई पत्राचार गर्दै सोमबारबाट नियमित आन्तरिक उडान सुरु हुने जानकारी दिएको छ । मन्त्रालयका अनुसार वायुसेवा कम्पनीले यात्रुलाई भौतिक दूरी कायम गराई सुरक्षा सतर्कता अपनाएर आन्तरिक वायुसेवा कम्पनीले उडान गर्न सक्ने भएका छन् ।
हवाई यात्रा गर्दा तत्काल भाडा भन नबढ्ने भएको छ । साथै, आन्तरिक हवाई यात्राका लागि यात्रुले बोर्डिङ पास लिनु अगाडी हेल्थ डिक्लिरेसन फारम भर्नु पर्नेछ । यसअघि सरकारले सिटमा ५० प्रतिशत मात्र यात्रु राख्न दिने भनेपछि वायुसेवा कम्पनीले उडान गर्न नसक्ने बताएका थिए ।
२१ सेप्टेम्बरबाट ९ दिन (३० सेप्टेम्बर २०२०)सम्म भने साविकका हुने आन्तरिक उडानको तुलनामा मात्र २५ प्रतिशत उडान हुने भएको छ । तर, उडान भने सबै विमानस्थलमा हुनेछ । अक्टोवर १ बाट भने यात्रुको उपलब्धता र वायुसेवा कम्पनीको माग अनुसार थप उडानहरु स्वीकृत हुने मन्त्रालयले जानकारी गराएको छ ।









