बढ्यो पेट्रोल-डिजेलको मुल्य

देश । नेपाल आयल निगमले आज रातिदेखि लागु हुने पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले पेट्रोलमा २ रुपैयाँ , डिजेलमा २ रुपैयाँ, मट्टितेल र हवाइ इन्धनको प्रतिलिटर २–२ रूपैयाँले बढाएको छ ।

अब नयाँ मूल्य अनुसार डिजेल र मट्टितेल प्रतिलिटर १ सय ८ रूपैयाँ, पेट्रोल प्रतिलिटर १ सय २५ रूपैयाँ पुगेको छ । हवाइ इन्धन आन्तरिकतर्फको नयाँ मूल्य प्रतिलिटर ८० रूपैयाँ पुगेको छ । १५ दिनमै १ अर्ब १० करोड घाटा हुने भएपछि निगमले तेलको मूल्य बढाएको हो ।

कमेन्ट गर्नुहोस्