देश । प्रधानमन्त्री केपी शर्मा ओलीले चार वटै सुरक्षा निकायका प्रमुखहरु बालुवाटारमा बोलाएका छन् । प्रतिनिधिसभा विघटनपछि ओलीले आइतबार साँझ नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा, नेपाल प्रहरीका महानिरिक्षक शैलेस थापा क्षत्री, सशस्त्र प्रहरी बलका महानिरिक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान आयोगका प्रमुख गणेश अधिकारीलाई बालुवाटारमा बोलाएर मुलुकको सुरक्षा चुनौतीको विषयमा छलफल गरेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल फेसबुकमा ‘प्रधानमन्त्रीज्यूले सबै सुरक्षा निकायका प्रमुखहरूसँग बदलिँएकाे परिस्थितिका बारेमा छलफल गर्नुका साथै आवश्यक निर्देशन दिनुभएको’ उल्लेख गरेका छन् । मन्त्रीपरिषद्बाट प्रतिनिधि सभाको विघटनको सिफारिस र त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीबाट अनुमोदन भएपछि मुलुकका विभिन्न स्थानमा आन्दोलन र विरोध सुरु भइसकेको छ ।
प्रधानमन्त्रीज्यूले सबै सुरक्षा निकायका प्रमुखहरूसँग बदलिँएकाे परिस्थितिका बारेमा छलफल गर्नुका साथै आवश्यक निर्देशन दिनुभएको छ ।
Posted by Prime Minister's Press Advisor on Sunday, December 20, 2020










