विदेश । झन्डै दुइ दशक स्प्यानिस क्लब बार्सिलोनामा बिताएका खेलाडी लियोनल मेसीले आफूले क्लब छाड्न चाहेको उल्लेख गरेका छन् । कप्तानसमेत रहेका मेसीले मंगलबार क्लबका अध्यक्ष जोसेफ मारिया बार्तामेउ समक्ष आफूले क्लब छाड्न चाहेको जानकारी फ्याक्समार्फत पठाएको स्पानिस अनलाइन मार्काले जनाएको छ । मेसिलाई दशककै राम्रो खेलाडी भनिएता पनि पछिल्लो समय उनि र उनको टिमले अपेक्षा अनुसार खेल्न सकिरहेको छैन ।
च्याम्पियन्स लिगबाट बाहिरिएपछि बर्खास्त प्रशिक्षक किकेट सेटिएनको स्थानमा नियुक्त भएका क्लबकै पूर्वखेलाडी रोनाल्ड कोएमनसँगको व्यक्तिगत मिटिङमा पनि मेसिले क्लब छाड्ने मनसाय व्यक्त गरेका थिए । मेसिले यस अगाडी पनि गएको वर्ल्ड कपपछी सन्यासको घोषणा गरेका थिए । (एजेन्सी)
कमेन्ट गर्नुहोस्








