तराईमा हावाहुरीको कारण २५ जनाको ज्यान गयो

10 Shares

देश । आइतवार आइतबार साँझ तराइको केहि जिल्लामा आएको हावाहुरीले ठूलो मानवीय क्षति पुर्याएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत हावाहुरीका कारण २५ जनाको ज्यान गएको र ४ सय जना घाइते भएको जानकारी दिदै दुख व्यक्त गर्नु भएको छ । उहाँले लेख्नु भएको छ ‘बारा/पर्सा जिल्लाको केही स्थानमा अहिले सॉझ आएको डरलाग्दो ऑधि/हुरीबाट धनजनको अकल्पनीय क्षति भएको जानकारीमा आएकोछ। यस आकस्मिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दछु। उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भईसकेका छन्।उद्दारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएकोछ।’ साथै , अर्को ट्विट मार्फत उहाँले २५ जनाको ज्यान गएको र करीब ४०० घाईते भएको जानकारी दिनु भएको छ ।

साथै ,बाराको फेटामा हावाहुरीले एक इँटा भट्टाको चिम्नी लडाउँदा त्यसमा च्यापिएर तीन जनाको ज्यान गएको छ भने गुडिरहेको गाडी हावाले पल्टाउँदा दुई जनाको ज्यान गएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । हताहत हुनेको संख्या अझै बढ्ने सक्ने आशंका समेत गरिएको छ । हावाहुरीका कारण सयौँ बिजुलीका पोल समेत ढलेका छन् । उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भइसकेको र उद्दारमा गम्भीर हुन र घाइतेको उपचारमा कुनै कमी आउन नदिन निर्देशित गरिएको प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विट मार्फत जानकारी दिनु भएको छ ।

Facebook Comments