कुमारीपाटीमा खुल्यो हिमालयन जाभा

फिल्म । कुमारीपाटीमा हिमालयन जाभाको नयाँ शाखाको सुरुआत भएको छ । केही दिन अगाडि मात्र प्रसिद्ध कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले जाभाको उद्घाटन गर्दै शुभारम्भ गरेका थिएँ । अभिनेता श्रेष्ठले कफीका लागि कुमारीपाटीमा जाभा उपयुक्त स्थान हुने बताए ।

‘मलाई कफी मन पर्छ । म पिउदा प्राय जाभाकै पिउछु । यो स्थान राम्रो छ’, अभिनेता श्रेष्ठले भने । उनीसँगै शुभारम्भ कार्यक्रममा उपस्थित अभिनेता शिव श्रेष्ठ, किरण केसी, धिरेन शाक्य, जीतु नेपाल, पूजा शर्मा, निर्देशक मिलन चाम्स लगायत उपस्थित थिए ।

उनीहरूले जाभाको कफीसँगै अन्य परिकारको समेत प्रसंशा गरे । यो जाभाको ५८ औँ शाखा हो । यसलाई यमन श्रेष्ठ, राजकुमार श्रेष्ठ र एमएस काप्रीले संयुक्त रुपमा संचालनमा ल्याएका हुन् । यमनले यसअघिदेखि नै जावलाखेलमा सुरू गरेको भिन्टेज दी होममा अहिले ल्होत्से थकाली चलाउदै आइ रहेका छन् ।

कमेन्ट गर्नुहोस्