नयाँ वर्षमा ‘श्री’

0 Shares

फिल्म । नयाँ वर्षको अवसर पारेर फिल्म ‘श्री’ प्रदर्शनमा आउने भएको छ । आउँदो चैत्र २७ गते फिल्मको प्रदर्शनलाई लिएर अन्यौल रहदा ‘श्री’ ले प्रदर्शन तय गरेको हो । एभरेस्ट सूर्य बोहराद्वारा निर्देशित ‘श्री’ को मुख्य भूमिकामा सन्दीप छेत्री, वर्षा सिवाकोटी, बुद्धि तामाङ, बसुन्धारा भुसाल, राजा राम पौडेल, रवीन्द्र झा, भोला सापकोटा, सविता गुरुङ, मोहन कृष्ण श्रेष्ठ लगायत कलाकारको अभिनय रहेको छ ।

फिल्म युनिटले ट्रेलर सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । फिल्म निर्माता सविता गुरुङ रहेकी छन् भने कथा तथा गीतमा प्रयोग भएका शब्द बोहोरा स्वयम्ले तयार गरेका हुन् । फिल्मलाई उपत्यकामा जिजिए ग्रुप र मोफसलमा एफडी कम्पनिले वितरण गर्नेछ । चैत्र २७ मै राजबहादुर सानेको निर्देशनमा तयार फिल्म ‘गुड फ्रेन्ड’ पनि प्रदर्शनमा आउने भएको छ ।

कमेन्ट गर्नुहोस्