सहायक सलोन

फिल्म । पछिल्लो समय सलोन बस्नेतको व्यस्तता बढ्दो छ । बाल्यकाल देखि नै अभिनयमा रहेका सलोन पछिल्लो समय क्यारेक्टर आर्टिस्टको रुपमा चिनिएका छन् । हुन् त उनले आफै नायक भएर पनि काम नगरेका भने हैनन् तर उनलाई दर्शकले साथ् दिएनन् । त्यसैले हुन् सक्छ पछिल्लो समय सलोन सह-अभिनेता भएका छन् , जसमा उनि हिट र फिट छन् । एकपछि अर्को फिल्ममा उनलाई दर्शकले रुचाएका छन् । होस्टेल , गाजलु र ए मेरो हजुर २ जस्ता फिल्ममा जति चर्चा हिरोको भयो त्यति नै सलोनको पनि ।

फिल्म सफल हुनुको श्रेय नै सलोनलाई पनि गयो । सलोननै हिरोमा पनि हावी रहे तर हल गएका दर्शकलाई मात्र उनले मनोरंजन दिन सके , नकी दर्शकलाई हलमा ल्याउन । पछिल्लो फिल्म ‘ए मेरो हजुर २’ युट्युबमा सार्वजनिक भएको छ , जहाँ सलोनले राम्रो कमेन्ट बटुलिरहेका छन् । उनले सलिनसँगै दोस्रो फिल्म ‘यात्रा’ को छायाँकन पनि सकिसकेका छन् भने अनमोलसँग ‘ए मेरो हजुर ३’ मा काम गरिरहेका छन् । निर्माता तथा निर्देशकको रोजाईमा सलोन नपर्ने होइन तर उनलाई सहायक भूमिकाको लागि मात्र खोजिने गरिन्छ ।

कमेन्ट गर्नुहोस्