अस्वस्थ प्रतिष्पर्धा : यात्राको पोस्टरमाथि लभ स्टेसन र ए मेरो हजुर ३

204 Shares

फिल्म । चैत्र २९ गतेबाट दुइ फिल्म प्रदर्शनमा आउंदैछन् । यस वर्षकै ठुलो भिडन्तको रुपमा यी दुइलाई लिइएको छ । ति हुन् यात्रा : अ म्युजिकल भ्लग र ए मेरो हजुर ३ । दुवै फिल्मले आ-आफ्नो किसिमले पब्लिसिटी गरिरहेका छन् । तर अन्तिम समयमा आएर भने अस्वस्थ्य प्रतिष्पर्धा देखिएको छ । शुक्रबार रिलिज हुने फिल्मको पोस्टर बुधबार बेलुकी नै टासने गरिन्छ । यसो क्रममा बुधबार टासिएको फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छोप्दै ए मेरो हजुर ३ र अघिल्लो साता रिलिज भएको फिल्म लभ स्टेसनको पोस्टर टासिएको छ ।

बुधबार टासिएको पोस्टर विहिबार नदेखिएपछि यात्राको निर्माण पक्षले छानविनको क्रममा पोस्टर माथि दुइ फिल्मको पोस्टर टासिएको पाएको हो । ए मेरो हजुर ३ र लभ स्टेसनको पोस्टर उकाउँदा अधिकांस स्थानमा ‘यात्रा : अ म्युजिकल भ्लग’ को पोस्टर पाइएको छ । आफ्नो पोस्टर माथि नै अन्य फिल्मको पोस्टर तालिदा निर्माता सुशील पोखरेलले यसलाई व्यावसायिक धर्म विपरित भनेका छन् ।

‘हामी स्वस्थ्य प्रतिस्पर्धामा छौ तर जे काम भयो त्यो एउटा ब्यबसायिक धर्म अनुसार भएन’ उनले भने । उनले सामाजिक सञ्जालमा केहि तस्वीर सहित स्टाटस पनि पोष्ट गरेका छन् । यस सम्बन्धमा फिल्म ‘ए मेरो हजुर ३’ को युनिटसँग बुझ्न खोज्दा फिल्मको प्रिमियरमा व्यस्त भएका कारण सम्पर्क हुन् सकेन । लगानीका हिसाबले दुवै फिल्मलाई सहज पक्कै छैन नै , तर त्यसको लागि त व्यसायिक धर्म भुल्नु भएँन नि कि कसको ?

Facebook Comments