प्रेस युनियनले लगायो महासङ्घमा ताला

काठमाडौँ । नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासङ्घले आउँदो निर्वाचनलाई लक्षित गर्दै सार्वजनिक गरेको मतदाता नामावलीप्रति असन्तुष्टि देखाउँदै महासङ्घको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ । युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीको नेतृत्वमा गएको टोलीले शुक्रबार रााति १० बजे तिलगंगास्थित केन्द्रीय कार्यालयमा ताला लगाएको हो ।

केन्द्रीय निर्वाचन समितिले शुक्रबार साँझ मतदाता नामावली प्रकाशन गरेको थियो । युनियनको तालाबन्दीले महासङ्घको यही असार २२ गते तय गरिएको मतदान कार्यक्रमलगायत निर्वाचन तालिका प्रभावित हुने सम्भावना बढाएको छ । यसअगाडि पनि युनियनले मतदाता नामावलीमा पत्रकारको नाम छुटेको र पत्रकारहरुको साझा संस्था भएकाले निर्वाचनमा मतदान गर्नबाट पत्रकार बन्चित हुन् नहुने अडान राख्दै आईरहेको थियो ।

कमेन्ट गर्नुहोस्