आईफा अवार्ड सन्दर्भ : कमलको ट्विट ‘जनताको पैसाको सम्मान गरौ’

14 Shares

देश । पछिल्लो समय आईफा अवार्डको २० औ संस्करण काठमाण्डौमा हुने विषयले सामाजिक सञ्जालमा राम्रै चर्चा पाइरहेको छ । केहिले यसको फाईदालाई दर्साइ रहेका छन् भने केहिले यसको वेफाइदालाई । सामाजिक सञ्जालमा नेपाल सरकारले भारतीय अवार्ड कार्यक्रममा ढुकुटीबाट गर्ने खर्चको विरोध भने व्यापक नै भइरहेको छ ।

नेपाल सरकारले झन्डै १ अर्बको खर्चमा भारतीय अवार्ड गर्न नहुने आवाज उठिरहेको छ । यसै विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले ट्विट गर्दै प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका छन् । उनले आइफा नेपालमा हुने कुराको स्वागत गर्दै यसलाई निजी क्षेत्रले गर्नु पर्ने जिकिर गरेका छन् । ‘यस्ता किसिमका अवार्ड निजी क्षेत्रको लगानी र सक्रियतामा हुनुपर्छ नकी जनताले तिरेको करको पैसाबाट’ उनले लेखेका छन् । उनले सरकारी पैसा उडाउने कार्य उपयुक्त नरहेको ठहर गर्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका हुन् । त्यसो त फिल्मक्षेत्रबाट अधिकांसले नेपाल सरकारले आफ्नै नेपाली फिल्मलाई नहेरेर भारतीय फिल्म प्रवर्धनमा खर्च गर्न लागेकोमा विरोध गरेका छन् ।

लगातार तिन फिल्मलाई सफल बनाउदै ह्याट्रिक गरेका निर्देशक प्रदीप भट्टराईले पनि सामाजिक सञ्जाल मार्फत यसकार्यको विरोध गरेका छन् । उनले आफ्नै देशको राष्ट्रिय अवार्ड तिन वर्ष देखि रोक्ने र फिल्म सिटी बनाउन आलटाल गर्ने सरकारले अर्काको अवार्डमा देखाएको तगारुप्ता आफ्नै देशको फिल्मनगरीको लागि देखाउन आग्रह गरेका छन् । प्रदीप झैँ अधिकांस फिल्मकर्मीले यसको विरोध नै गरेका छन् ।

चलचित्र संघका अध्यक्ष प्रदीपकुमार उदयले अवार्ड हुनु स्वागत योग्य भएपनि सरकारी ढुकुटीको प्रयोग भने मान्य नहुने बताए । ‘अवार्ड गर्नु पर्छ तर नेपाल सरकारनै आयोजक हुनु हुँदैन’ उनि लेख्छन् ‘अन्य देशमा आइफा आफैले अवार्ड गरिरहेको छ अनि हामी कहाँ आउँदा किन सर्लारी लगानी ?’ उनले निजी क्षेत्र जोडिएर गर्नु पर्ने जिकिर गरे ।

Facebook Comments