उपराष्ट्रपतिलाई मन पर्यो ‘क्याप्टेन’

फिल्म । फुटवलरको कथामा निर्माण भएको फिल्म ‘क्याप्टेन’ लाई राजधानीमा आयोजित विशेष शो मा उपराष्ट्रपति न​न्द ब​ह​दुर पुनले हेरेका छन् । फिल्म हेरेर निस्किएपछि उनले उठान गरिएको विषयवस्तुको तारिफ गरेका छन् । ‘मैले फिल्म हेरे यो हाम्रो कथा हो त्यसैले मलाइ फिल्म मन पर्यो’ उपराष्ट्रपति पासाङ्गले भने ‘फिल्मले एकतामा बाध्ने प्रयास पनि गरेको छ , खेलमा रुचि राख्नेका लागि फिल्म झन् विशेष छ ।’ बेलाबखतमा आयोजना हुने विशेष शो मा फिल्म हेर्न आइपुग्ने पासाङ्गले भुवन केसी , शिव श्रेष्ठ , राजेश हमालको फिल्म पहिला देखि नै हेर्दा आएको र आफ्नो लागि तिनै सुपरस्टार रहेको समेत बताए ।

यसैगरि शिवले पी फिल्मको प्रसंसा गरे । ‘फिल्म राम्रो बनेको छ , एउटा खेलाडीको माध्यमबाट कथा बनिएको छ’ उनले मिडियालाई प्रतिक्रिया दिदै भने ‘फिल्मले राष्ट्रियता र फुटवलसंग हामीलाई जोड्छ ।’ शिव झैँ किरण केसीले पनि फिल्म दर्शकको आँखाबाट हेर्दा उत्कृष्ट रहेको बताए । ‘फिल्ममा चाहिने सबै कुरा छ तर प्राविधिक हिसाबले भने कहिँ कतै चुकेका छन्’ उनले भने ‘अनमोल झन् परिपक्क हुदै आएका छन् , बधाई छ टिम क्याप्टेनलाई ।’ यसैगरी अन्जुले पनि फिल्मको प्रसंसा नै गरिन । गत फागुन १७ देखि प्रदर्शनरत फिल्मलाई यस अगाडी आयोजना गरिएको सेलिब्रेटी शोमा पनि रुचाइएको थियो ।

फिल्ममा अनमोल फुटवलरको भूमिकामा छन् । यसमा अनमोलसँगै प्रशान्त ताम्राकार , सुनिल थापा , सरोज खनाल , विल्सन विक्रम राइ , सुर्यमला खनाल , बुद्धि तामाङ , अमित श्रेष्ठ लगायतको अभिनय रहेको छ । यसैफिल्म मार्फत उपासना सिंह ठकुरी र प्रियंका एम भीले अभिनयमा डेब्यु गर्दैछन् भने यसमा नीरुता सिंह र भुवन केसी विशेष भूमिकामा छन् । फिल्मलाई भुवन केसीले निर्माण गरेका हुन् भने यसलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । यसमा सामिप्यराज तिमिल्सेनाको कथा , सुदिप बरालको छायाँकन , कविराज गहतराजको नृत्य निर्देशन , अर्जुन पोखरेलको संगीत , दिर्घ खड्काको सम्पदान रहेको छ ।

कमेन्ट गर्नुहोस्