हेटौडा मेलामा मुन्द्रेको कमेडी क्लब

हेटौडा । मकवानपुर उद्योग वाणिज्य संघद्धारा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेलामा हाँस्य कलाकार जीतु नेपाल र फुलन्देको आमाले कमेडी प्रहसन गरेर मकवानपुरेबासीहरुलाई हसाँएका छन्, । मुन्द्रको नामले चिरपरिचित रहेका नेपालले पछिल्लो समयमा मन्द्रेको कमेडी क्लब सञ्चालन गरिरहेका छन्, । सोही क्लबमा आवद्ध रहेका फुलेन्देकी आमा उर्फ उमेश राई पनि पछिल्लो समयमा ज्यादै नै चर्चित भएका छन्, ।

हेटौंडाको व्यापार मेलामा उनीहरुले जोडदार मनोरञ्जन दिदैं मकवानपुरेबासीहरुको मन जितेका छन्, । कलाकार नेपालले अहिले पशुपति शर्माको गीत प्रति देशका नेताहरुको प्रतिक्रिया कस्तो रहेको छ भन्ने कुरा क्यारिकेचर गरेर हसाँएका थिए । जोडीको रमाइलो प्रस्तुती संगसंगै फुलन्देको आमाले एउटा गीतमा आफ्नो नृत्य प्रस्तुती समेत दिएका थिए । भोली फागुन २० गते चर्चित गायक शिव परियार र गाइजात्रा तथा लोकगीत गाउने जेरी नामले चिनिएकी बबिता बानियाँको प्रस्तुती रहने मनोरञ्जन समितिका संयोजक तथा संघका उपाध्यक्ष गणेश भेटुवालले बताए । यसैगरी फिल्म जानी नजानी फिल्म युनिटले पनि स्थानीयलाइ मनोरंजनलाई दिनेछन् । फिल्म युनिटको तर्फबाट नायक मनिष श्रेष्ठ , नायिका निरिषा बस्नेतले आफ्नो प्रस्तुति दिनेछन ।

२० गते हेटौंडाका बालरोग विशेषज्ञ डाक्टर हरिबहादुर खड्काद्धारा निशुल्क परिक्षण हुने संघका उपाध्यक्ष तथा स्वास्थ्य समितिका संयोजक कृष्ण कुमार गुप्ताले बताए । मेलामा हेलिकप्टर सयर घोडाचढी, ढुङ्गा सयर, हेटौंडा आइडल, र स्थानिय कलाकारको प्रस्तुती भइरहने संघका सचिव तथा प्रवक्ता काव्यमणि अधिकारीले बताए ।

कमेन्ट गर्नुहोस्