प्रदेश नं २ : २ सय ४ संक्रमित थपिए

देश । पछिल्लो २४ घण्टामा प्रदेश नम्वर २ मा ९ महिला र १ सय ९५ पुरुषगरी कुल २ सय ४ जना ब्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । जस अनुसार सप्तरी जिल्लामा १८ जना, सिराहा जिल्लामा ११ जना, धनुषा जिल्लामा १५ जना, महोत्तरी जिल्लामा १६ जना, सर्लाही जिल्लामा ५७ जना, रौतहट जिल्लामा ८६ जना र बारा जिल्लामा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाका १ देखि १८ बर्ष उमेर समुहका ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । सोही नगरपालिकामा नै ४८ बर्षिय पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका १३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । सप्तरी जिल्लाकै महादेवा गाउँपालिकाका २८ र बोधेबर्साईन नगरपालिकाका ४८ बर्षिय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । सिराहा जिल्लाको सिराहा नगरपालिकाका १ देखि १८ बर्ष उमेर समुहका ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । त्यसैगरी सोही नगरपालिकाका ६० बर्षिय पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका ६ जना पुरुषहरुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । सिराहा जिल्लाकै गोलबजार नगरपालिकाका १७ बर्षिय किशोरमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सिराहाकै कर्जनहा नगरपालिकाका २२ बर्षिय पुरुषमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

धनुषा जिल्लाको चारनाथ गणेशमा नगरपालिकाका १ देखि १८ बर्ष उमेर समु्हका २ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सोही नगरपालिकाका १९ देखि ४० बर्ष उमेर समुहका ५ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । धनुषा कै जनकपुर उपमहानगरपालिकाका १ देखि १८ बर्ष उमेर समुहका २ जना र सोही उपमहानगरका १९ देखि ४० बर्ष उमेर समुहका ३ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । धनुषा जिल्लाकै छिरेश्वरनाथ नगरपालिका का २५ बर्षिय, सबैला नगरपालिकाका २२ बर्षिय र मिथिलाबिहारी नगरपालिकाका १६ बर्षिय पुरुषहरुमा समेत कोरोना संक्रमणको पुष्टि भएको छ ।

महोत्तरी जिल्लाको भंगाहा नगरपालिकाका २१ र २५ बर्षिय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । महोत्तरी जिल्लाकै मठियानी नगरपालिकाका २० बर्षिय पुरुष सहित १ देखि १८ बर्ष उमेर समुहका ४ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका ४३ बर्षिय पुरुष सहित १८ देखि ४० बर्ष उमेर समुहका १० जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

सर्लाही जिल्लाको बिष्णु गाउँपालिकाका १८ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सोही नगरपालिकामा ४२, ४४, ४५ र ४६ बर्षका पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका १० जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिकाका २९, ३५ र ४४, बर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । सर्लाही जिल्लाकै ईश्वरपुर नगरपालिकाका १९, ३० र ३६ बर्षिय पुरुषमा कोरोनाा संक्रमणको पुष्टि भएको छ । सर्लाही जिल्लाको हरिवन नगरपालिकामा ६ बर्षिय बालिका र ४१ बर्षिय महिला सहित १९ देखि ४० बर्ष उमेर समुहका ९ जना महिलाहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ ।

सोही नगरपालिकामा १० र १३ बर्षिय वालक सहित १ देखि १८ बर्ष उमेर समुहका ५ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सोही नगरपालिकामा ५० बर्षिय पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका १५ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सर्लाही जिल्लाकै बसबरिया नगरपालिकाका उमेर खुल्न नसकेका ३ जना पुरुष तथा अर्काे ५७ बर्षिया पुरुषगरी ४ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाही जिल्लाको पर्सा गाउँपालिकामा ३२ बर्षिय पुरुष र उमेर खु्रल्न नसकेका अर्का १ जना पुरुष, ब्रम्हपुरी गाउँपालिकाका १९ र २९ बर्षिय पुरुष र कौडेना गाउँपालिकाका १८, २७ र २९ बर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहट जिल्लाको परोहा नगरपालिकाका ८ बर्षिय बालक सहित १ देखि १८ बर्ष उमेर समुहका १८ जना पुरुषहरुमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी सोही नगरपालिकामा ४२ र ५५ बर्षिय पुरुष सहित १९ देखि ४० बर्ष उमेर समुहका ६८ जना पुरुषहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । बारा जिल्लामा पनि २५ बर्षिय एक जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो चौबीस घण्टामा यस प्रदेश नम्वर २ मा २ महिला र ३७ पुरुषगरी ३९ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन् । जसअनुसार सप्तरी जिल्ला राजबिराज नगरपालिका स्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल अन्तर्गत रहेको कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षबाट हिजो मित २०७७ साल जेठ २९ गते १६ जना पुरुष र १ जना महिलागरी १७ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन् ।

त्यसैगरी महोत्तरी जिल्ला जलेश्वर नगरपालिका स्थित जलेश्वर अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षबाट आज १ महिला र ११ जना पुरुषगरी कुल १२ जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भएका छन् । धनुषा जिल्ला लक्ष्मीनिया गाउँपालिकामा रहेको वि.पि. मेमोरियल पोलिटेक्निकल ईन्टिच्यूटको आइसोलेसन कक्षबाट १० जना कोरोना संक्रमित पुरुषहरु उपचार पश्चात डिस्तचार्ज भएका छन् ।

पछिल्लो चौविस घण्टामा डिस्चार्ज भएका ३९ जना सहित यस प्रदेशका ४ सय २० जना कोरोना संक्रमितहरु उपचार पश्चात डिस्चार्ज भइसकेका छन् । त्यसैगरी पि.सि.आर.परिक्षण मार्फत संक्रमण प्रमाणित भएका सप्तरी जिल्ला गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल अन्तर्गत रहेको राजविराज स्थित साईकृष्ण कोभिड १९ अस्पतालको आइसोलेसन कक्षमा ७ महिला र ९३ जना पुरुषगरी कुल १०० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सिराहा जिल्ला सिराहा अस्पताल अन्तर्गत रहेको महेन्द्र गेनाई कोभिड विशेष अस्पतालको आइसोलसन कक्षमा १६ जना पुरुष र २ जना महिला गरि कुल १८ कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

सिराहा जिल्लाकै सिराहा नगरपालिका स्थित सिराहा कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षमा २२ जना कोरोना संक्रमित पुरुषहरुको उपचार भइरहेको छ । धनुषा जिल्ला स्थित प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत लक्ष्मीनिया गाउँपालिकामा रहेको वि.पि. मेमोरियल पोलिटेक्निकल ईन्टिच्यूटको आइसोलेसन कक्षमा १ जना महिला र ६० जना पुरुषहरु गरी कुल ६१ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

महोत्तरी जिल्लाको जलेश्वर अस्पताल अन्तर्गतको कोभिड विशेष अस्पतालको आइसोलसन कक्षमा ७७ जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । सर्लाही जिल्ला अस्पताल अन्तर्गत मंलगवामा रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षमा कोरोना संक्रमित १ सय ३३ जना पुरुष र ९ जना महिलागरी कुल १ सय ४२ जना कोरोना संक्रमितहरुकोे उपचार भइरहेको छ । सर्लाही जिल्लाकै फरहदवा स्वास्थ्य चौकीको आइसोलेसन कक्षमा १ जना महिला र ९ जना पुरुषहरु गरी कुल १० जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

रौतहट जिल्ला स्थित चपुर अस्पतालमा २ जना महिला र ३१ जना पुरुष गरी ३३ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । रौतहट जिल्ला स्थित गौर नगरपालिकामा रहेको गौर नर्सिङ्ग ईन्स्टिच्यूटको आईसोलेसन कक्षमा २ जना महिला र ३१ जना पुरुषगरी कुल ३३ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । रौतहट जिल्लाकै राजपुर फरहदवामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन कक्षमा २५ जना पुरुष र देवाही गोनाही नगरपालिका स्थित जय किसन उच्च माध्यमिक विद्यालयको आइसोलेसनमा २ जना महिला र ९५ जना पुरुषगरी कुल ९७ जना कोरोना संक्रमितहरुको उपचार भईरहेको छ । रौतहड जिल्लाकै गरुडा नगरपालिकामा रहेको नेपाल प्रहरी विद्यालयमा १९ जना पुरुष कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।

बारा जिल्लाको कलैया अस्पतालको आइसोलेसन कक्षमा ३ जना महिला ३० जना पुरुषगरी कुल ३३ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । पर्सा जिल्लामा नारायणी अस्पताल अन्तर्गत रहेको कोभिड १९ बिषेश अस्पताल गण्डक अस्पतालमा ३३ जना पुरुष र ६ जना महिलागरी कुल ३९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको छ । त्यसैगरी सिराहा जिल्ला सिराहा नगरपालिका स्थित सिराहा कोभिड विशेष अस्पताल सिराहामा १७ जना, प्रादेशिक अस्पताल जनकपुर अन्तर्गत रहेको कोभिड १९ विशेष अस्पतालमा ६ जना गरी कुल २३ जना कोरोना आसंकीत बिरामीहरुको उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्