‘वर्क फ्रम होम’ लागू गर्न राष्ट्र बैंकको परिपत्र

देश । पछिल्लो केहि साता यता उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दो छ । दिनहु जस्तो उपत्यकामा संक्रमित बढेपछि यसको असर बैंकिङ क्षेत्रमा फेरि सुरु भएको छ । उपत्यकासंगै देशभर कोरोना संक्रमितको संख्या बढ्दै जाँदा बैंकिङ क्षेत्रका कर्मचारीमा समेत संक्रमित भइरहेका छन् भने उच्च जोखिममा छन् । आइतबारमात्रै उपत्यकास्थित एक बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको खबरपछि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई फेरि ‘वर्क फ्रम होम’ नीति तत्काल लागू गर्न निर्देशन दिएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थाको नाममा परिपत्र जारी गर्दै निर्देशन दिएको हो । सो निर्देशनमा नेपाल सरकारबाट जारी स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डलाई पालना गर्दै सेवा प्रवाहमा निरन्तरताको लागि विजनेस कम्युनिटी प्लान तयार गर्दै आवश्यकता अनुसार आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउनुपर्ने उल्लेख गरिएको छ । सरकारले विभिन्न स्थानमा लागु गरेको लकडाउन, निषेधाज्ञा, सवारीसाधनको जोरबिजोर प्रणालीलाई समेत मध्यनजर गर्दै पुनः वर्क फ्रम होम व्यवस्था मिलाएर कार्यसम्पादन गराउन नेपाल राष्ट्र बैंकले निर्देशन दिएको छ ।

कमेन्ट गर्नुहोस्