कोरोनाको कारण साढे दुइ लाखले ज्यान गुमाए

सांकेतिक तस्बिर

विदेश । कोरोना भाइरस (कोभिड १९) को कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या २ लाख ५१ हजार नाघेको छ । गत वर्षको डिसेम्बर अन्तिममा चीनको हुबेइ प्रान्तको वुहान सहरमा पहिलोपटक देखिएको कोरोना भाइरसको महामारी विश्वमै फैलिदो छ । यो भाइरसको संक्रमण ३५ लाख ८० हजार दुई सय ४७ जनामा पुष्टि भएको छ । भने , विश्वभर ११ लाख ६२ हजार पाँच सय ६३ जना उपचारपछि निको भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमित र मृत्यु दर धेरै हुने राष्ट्र संयुक्त राज्य अमेरिका बनेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्