कोरोना भाइरस सम्बन्धि जाँचमा चीन तयार

विदेश । कोरोना भाइरस (कोभिड १९) को पहिलो संक्रमित गत वर्षको डिसेम्बर अन्तिममा चीनको हुबेइ प्रान्तको वुहानमा देखिएको थियो । पछिल्लो समयमा कोरोना भाइरसको महामारी विश्वमा फैलिसकेको छ । कोरोना भाइरस सम्बन्धि अध्यनमा चीन खुल्ला हुनु पर्ने माँग संयुक्त राज्य अमेरिकाले गर्दै आइरहेको छ । अमेरिकाले चीनले अध्यनमा सहयोग नगरेको समेत बताउदै आइरहेको छ ।

यसैबीच पछिल्लो समय कोरोना भाइरसको उत्पत्तिको विषयमा जाँच हुनुपर्ने माग उठिरहेको समयमा चिनियाँ विदेशमन्त्री वाङ यीले कोरोना भाइरस (कोभिड–१९) को स्रोत पत्ता लगाउन अन्तर्राष्ट्रिय सहकार्यका लागि चीन खुला रहेको बताएका छन् ।

यस्तै, उनले यो अनुसन्धान निष्पक्ष हुनुपर्ने बताएका छन् । उनले यस किसिमको अनुसन्धानमा राजनीतिक हस्तक्षेप हुन नहुने भन्दै अमेरिकाले अहिले चीनको विरुद्धमा बनावटी अफवाह फैलाइरहेको बताए । साथै, वाङले अहिले कोरोना भाइरसको महामारी नियन्त्रणको लागि विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर टेड्रोस अधानम गेब्रेयेसले निकै राम्रो काम गरेको भन्दै प्रशंसा गरेका छन् ।

कमेन्ट गर्नुहोस्