विश्वकप छनोटमा अर्जेन्टिनाको विजयी सुरूवात

विदेश । आउँदो फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले विजयी सुरुवात गरेको छ । शुक्रबार विहान भएको खेलमा अर्जेन्टिनाले इक्वेइडरलाई १-० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको हो । खेलको १३ औ मिनेटमा अर्जेन्टिनाले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै लिओनल मेसीले गोल गरेका थिए । त्यहिँ अग्रताले अर्जेन्टिनालाई विजयी बनायो ।

त्यसपछि खेलमा कुनै गोल हुन सकेन। जितसँगै अर्जेन्टिनाले छनोटमा तीन अंक जोड्न सफल भएको छ । अर्को खेलमा उरुग्वेले चिलीलाई २-१ गोलले पराजित गरेको छ। यस्तै , छनोट अन्तर्गतकै अर्को खेलमा पाराग्वे र पेरुले भने २-२ गोलको बराबरी खेलेर अंक बाढेका छन् । छनोट अन्तर्गत शनिबार विहान ब्राजिल र बोलिभियाबीच खेल हुनेछ। (एजेन्सी)

कमेन्ट गर्नुहोस्