सात मन्त्रीको संयुक्त राजीनामा

देश । प्रतिनिधिसभा विघटन भएकोप्रति आपत्ति प्रकट गर्दै सरकारको ७ जना मन्त्रीले राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरिएकोमा आपत्ति जनाउँदै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पक्षका ७ मन्त्रीले संयुक्त रुपमा राजीनामा दिएका हुन् ।

गिरिराजमणि पोखरेल- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री , वर्षमान पुन- ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री , घनश्याम भुसाल- कृषि तथा पशुपन्छी विकास मन्त्री , योगेशकुमार भट्टराई- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री , शक्तिबहादुर बस्नेत- वन तथा वातावरण मन्त्री , रामेश्वर राय यादव- श्रम तथा रोजगार मन्त्री , बिना मगर- खानेपानी तथा सरसफाइ मन्त्रीले संयुक्त रुपमा राजिनामा दिएका हुन् ।तर , पूर्वमाओवादी खेमाका गृहमन्त्री रामबहादुर थापा र उद्योगमन्त्री लेखराज भट्टले भने राजीनामा दिएका छैनन् ।

मन्त्रिपरिषद्को सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन् । राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरी प्रतिनिधिसभा विघटन गरिएको जनाएको छ । विज्ञप्तिमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६को उपधारा (१) र (७) तथा धारा ८५ बमोजिम प्रतिनिधिसभा विघटन गरिएको उल्लेख छ । साथै सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख १७ र २७ गते गरी दुई चरणमा प्रतिनिधिसभा निर्वाचनको मिति पनि तोकेकी छिन् ।

कमेन्ट गर्नुहोस्