सभामुखमा सापकोटा चयन

देश । अन्तत नयाँ सभामुखमा अग्नि सापकोटा चयन भएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको बैठकले उनलाई सभामुख चयन गरेको हो । सभामुखमा उनको एकल उम्मेदवारी थियो ।

नेकपाका सांसद सुवास नेम्वाङले सापकोटालाई सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गरेका थिए । प्रस्तावका समर्थनमा देवप्रसाद गुरुङ, लक्ष्मणलाल कर्ण, ओनसरी घर्तीले बोलेका थिए ।

सभामुखमा सापकोटाको एकमात्र प्रस्ताव परेकाले सभाको अध्यक्षता गरेका महन्थ ठाकुरले उनलाई निर्विरोध सभामुख भएको घोषणा गरेका थिए । उनले सापकोटालाई व्यक्तिगत र सभाको तर्फबाट बधाई दिए । प्रतितिधिसभाको अर्को बैठक माघ १४ गतेका लागि बोलाइएको छ ।

कमेन्ट गर्नुहोस्