विदेश । अन्तत आउँदो शनिवार देखि चर्चित क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग (आईपीएल) शुरु हुने भएको छ । यसपटक आईपीएल कोरोना भाइरसले सिर्जित अवस्थाको कारण इण्डियामा नभई युएईमा हुँदैछ । आगामी शनिबार आवुधाबीस्थित शेख जायद रङ्गशालामा उद्घाटन खेल हुँदैछ । उद्घाटन खेलमा गत सिजनको विजेता मुम्बई इण्डियन्स र उपविजेता चेन्नई सुपर किङ्ग्स भिड्दैछन् ।
भारतमा निकै क्रेज रहेको खेलमा क्रिकेट पर्छ । यसपटक यसलाई दर्शकले घरमै रहेर हेर्न पाउने भएका छन् । युएईमा आईपीएलको लागि तीनवटा रङ्गशाला तोकिएको छ । शेख जायद रङ्गशाला आवुधाबी, दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला र सारजाह क्रिकेट रङ्गशालामा खेल हुनेछन् ।
आईपीएलमा मुम्बई इन्डियन्स, चेन्नई सुपर किङ्ग्स, दिल्ली क्यापिटल्स, किङ्ग्स–११ पञ्जाब, कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद गरी ८ वटा टोली सहभागी छ । १२ सिजनमा सबैभन्दा धेरै मुम्बई इण्डियन्सले ४, चेन्नईले ३ र कोलकाताले २ पटक उपाधि उचालेका छन् । (एजेन्सी)