देश । पछिल्लो केहि दिन यता नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या लगातार बढिरहेको छ । कोरोना भाइरसको परिक्षणको मात्रा बढाएसँगै संक्रमित पनि बढिरहेका छन् । यसैबीच कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तु नगरपालिका-१० का २४ वर्षका पुरुष र वडाम्बर ११ का २३, २५ र २६ वर्षका ३ पुरुष हुन् ।
कपिलवस्तु नगरपालिकाको बुद्धपद्म मावि, निग्लिहवा र वडानम्बर ११ को जहदीका क्वारेन्टाइनबाट १७० जनाको स्वाबको परीक्षण गर्दा चारजनामा कोरोना पोजेटिभ देखिएको बताइएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ सय ४ पुगेको छ । शुक्रबार विहान मात्र पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा २ संक्रमित थपिएका हुन् । भरतपुर अस्पतालले शुक्रबार बिहान एक सूचना प्रकाशित गर्दै यसबारे औपचारिक जानकारी गराएको छ । कोरोना संक्रमितहरु देवचुली नगरपालिका ११ र १५ वडाका बासिन्दा हुन् । दुवै जना जेठ ९ र १२ गते भारतबाट आएर नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए ।








