कोरियाली खोपको क्लिनिकल ट्रायलको तयारी

0 Shares

देश । नेपालमा कोरियाली कम्पनीले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल ट्रायल हुने भएको छ । इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई) कोरियाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप नेपालमा शिक्षण अस्पताल महाराजगञ्ज र धुलिखेल अस्पतालमामा क्लिनिकल ट्रायल गर्ने तयारी गरिएको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को इथिकल बोर्डले समेत स्वीकृति दिन उपयुक्त भएको ठहर गरिसकेको खोप ट्रायलका विषयमा अब मन्त्रिपरिषद्ले स्वीकृति दिएमा केही सातामै कोरोना भाइरसविरुद्ध आईभीआईको खोपको क्लिनिकल ट्रायल सुरु बताइएको छ ।

परीक्षणका लागि १८ सय जनामा खोप दिइने तयारी भएको छ । खोप ट्रायलमा प्रमुख अनुसन्धानकर्ता डा लक्ष्मण श्रेष्ठसहित डा दिव्या सिंह शाह लगायतका नेपाली चिकित्सक छन् ।

कमेन्ट गर्नुहोस्