संयुक्त राष्ट्रसंघमा कश्मीर मुद्दा

0 Shares

विदेश । संयुक्त राष्ट्रसंघमा जम्मु–कश्मीरको मुद्दा उठेको छ । टर्कीले संयुक्त राष्ट्रसंघको ७५ औं वर्षगाँठको अवसरमा आयोजित बैठक मुद्दा उठाएको हो । भिडियो सन्देशमार्फत् सम्बोधन गर्दै टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले दक्षिण एसियामा शान्ति र स्थीरताका लागि जम्मु–कश्मीर मुद्दा सुल्झाउनु पर्ने बताए । भारतले जम्मु–कश्मीरको विशेष राज्यको दर्जा खोसेकाले स्थिति जटिल बनेको उनले बताए ।

तर, भारतले भने टर्कीले आन्तरिक मामिलामा दखल दिएको भन्दै आपत्ती जनाएको छ । संयुक्त राष्ट्रसंघमा भारतका प्रतिनिधि टिएस त्रिमूर्तिले भने, ‘भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मीरप्रति हामीले राष्ट्रपति अर्दोआनको टिप्पणी देख्यौं । यो भारतको आन्तरिक मामिलामा हस्तक्षेप हो । भारत यसलाई पूर्णरुपमा अस्वीकार गर्दछ ।’ (एजेन्सी)

कमेन्ट गर्नुहोस्