नेपाली कांग्रेसमा कलाकर्मीको प्रवेश

0 Shares

देश । नेपालको ठुलो पार्टी नेपाली कांग्रेसमा दर्जन फिल्मकर्मी प्रवेश गरेका छन् । नेपाली कांग्रेस सूचना तथा सञ्चार विभाग अन्तर्गत टेलिभिजन उमसमितिको संयोजकत्वमा तथा वरिष्ठ कलाकर्मी नीर शाहको अग्रतामा फिल्मकर्मीहरु पार्टी प्रवेश भएका हुन् । कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा गत शनिबार आयोजित समारोहमा कलाकर्मीहरू पार्टी प्रवेश गरेका हुन् । उनीहरूलाई सभापति देउवाले पार्टी प्रवेश गराए ।

पार्टी प्रवेश गर्ने कलाकर्मीहरूमा वरिष्ठ मेकअप आर्टिस्ट सन्तु तामाङ, वरिष्ठ द्वन्द्व निर्देशक एनबी महर्जन, वरिष्ठपत्रकार विजयरत्न तुलाधर, नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिहँ राणा, नेपाल चलचित्र संघका उपमहासचिव एवम चलचित्र बितरक गोपाल कायस्थ, निर्माता तथा निर्माण नियन्त्रक मिलन सुवेदी, स्क्रीप्ट राइटर अभिमन्यु निरवी, चलचित्र पत्रकार संघ नेपाल उपाध्यक्ष दीपज्योति थापा, निर्माता/कलाकार प्रभाकर श्रेष्ठ, निर्माता/ कलाकार सुनिल श्रेष्ठ, निर्देशक राजु अर्याल, कलाकार सबिन श्रेष्ठ, कलाकार दिनेश श्रेष्ठ लगायत फिल्मकर्मी छन् ।

पार्टी प्रवेश कार्यक्रमा सभापति देउवाले देश निर्माणमा कलाकारको योगदान महत्वपूर्ण हुने बताए । कार्यक्रममा पूर्वसहमहामन्त्री डा.प्रकाशशरण महतको पनि उपस्थिती रहेको थियो । कार्यक्रमको आयोजना विशेष गरी चलचित्र निर्देशक समाजका महासचिव तथा टेलिभिजन उपसमितिका सदस्य सचिव जनकदीप पराजुली र उपसमितिका सदस्यहरु कलाकार सुशान्त श्रेष्ठ, चलचित्र बिकास बोर्डका पुर्व अध्यक्ष राजकुमार राई र नेपाल प्राबिधिक संघका अध्यक्ष पुष्कर लामाले गरेका हुन् ।

कमेन्ट गर्नुहोस्