बाइडेन ४६ औँ राष्ट्रपतिमा विजयी

विदेश । विश्वकै चासोको केन्द्र बनेको संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिको निर्वाचनमा जो बाइडन विजयी भएका छन् । पार्टीका उम्मेदवार बाइडनले रिपब्लिकन पार्टीका उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउदै अमेरिकाको ४६ औं राष्ट्रपतिमा विजयी भएका हुन् । पेन्सिल्भेनिया राज्यमा वाइडनले जित हात पारेसँगै ह्वाइट हाउसमा पुग्न चाहिने २७० इलेक्टोरल ल कलेज भोटको आंकडा पार भएको छ ।

अमेरिकामा राष्ट्रपतीय निर्वाचनबाट ५ सय ३८ इलेक्टोरल कलेज प्रतिनिधिहरु छानिन्छन् । अमेरिकामा राष्ट्रपति बन्न २ सय ७० इलेक्टोरल भोट आवश्यक पर्छ ।निर्वाचनको सुरुआती नतिजामा भने बाइडन केही महत्वपूर्ण निर्णायक राज्यमा पछाडि देखिएका थिए । पेन्सिल्भेनिया, विस्कोन्सिन, मिशिगन र जर्जियाको नतिजा उल्ट्याउँदै राष्ट्रपतिमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । बाइडेन पूर्व राष्ट्रपति बाराक ओबामाको कालमा उपराष्ट्रपति थिए। यो जितसँगै डेमोक्र्याटिक पार्टीकी कमला ह्यारिस अमेरिकाकै पहिलो महिला उपराष्ट्रपति निर्वाचित भएकी छन् । (एजेन्सी)

कमेन्ट गर्नुहोस्