वीरगञ्जमा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि

देश । वीरगञ्जमा थप १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये १७ जना महिला छन् भने रौतहट र बाराका ४/४ जना रहेका छन् ।

बिहीबार गण्डक कोरोना अस्पतालमा मृत्यु भएका वीरगञ्ज-११ का ५७ वर्षीय पुरुष र घरमै मृत्यु भएका ७९ वर्षीय वृद्ध सहित नेपाली सेनाका ५ जना, ४५ जना प्रहरी, नारायणी बयोधा अस्पतालका ५ जना चिकित्सकसहित १५ जना, वीरगञ्ज-२५ सिर्सिया क्षेत्रमा ३९ जनालगायतमा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुखको कन्ट्याक्ट ट्रेसिङमा परेका ७२ वर्षीय वृद्ध, ६८ वर्षीया वृद्धा, २१ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो ।वीरगञ्ज महानगरपालिकाका ३३ वर्षीय कर्मचारीमा पनि कोरोना देखिएको छ ।

कमेन्ट गर्नुहोस्