खुल्यो स्ट्रेटेजिक रिसर्च एण्ड एनालिसिस सोसाइटी नेपाल

देश । स्ट्रेटेजिक रिसर्च एण्ड एनालिसिस सोसाइटी नेपाल नामक गैंह्रसरकारी अनुसन्धानमूलक संस्था दर्ता गरिएको छ । संस्थामा नेपाल प्रहरीका पूर्व महानिरिक्षक प्रकाश अर्याल, सशस्त्र प्रहरीका पूर्व महानिरिक्षक सिंहवहादुर श्रेष्ठ, त्रिभूवन विद्यविद्यालयको राजनैतिकशास्त्रको पूर्व विभागिय प्रमुख प्रा.डा. राजकुमार पोखरेल, त्रिभूवन विद्यविद्यालयको संस्कृतिशास्त्रको विभागिय प्रमुख प्रा.डा. शोम प्रसाद खतिवडा, लामो समय युएनमा कार्य गर्नुभएको डा. गिरी पन्थी, पूर्व प्रशासक डा. गोकुल वुर्लाकोटी, नेपाली सेनाका पूर्व जनरल रामनाथ ढुङ्गाना, विश्व हिन्दु महासंघको पुर्व अध्यक्ष प्रमोद कुमार चौरडिया, विश्व हिंन्दु महासंघको कोषाध्यक्ष श्याम सुन्दर क्षेत्री, समाजसेवी चन्द्रप्रकाश शर्मा वेलवासे, समाजसेवी शरिता हमाल र पत्रकार तथा वजारव्यावस्थापक संगीता शर्मा लगायत संस्थामा छन् ।

अनुसन्धानमुलक संस्थाले नेपालमा वर्तमानमा देखिएको विविध समस्याहरुको विषयमा वहस, पैरवी, छलफल, अध्ययन, अध्यापन र अनुसन्धान गर्ने छ । संस्थाको उद्वेश्यहरुको वारेमा प्रष्ट पार्दै नवराज लम्साल भन्नुहुन्छ संस्थाको नाम अनुरुप नै यस संस्थाको मुल उद्वेश्य अध्ययन अनुसन्धान नै हो । यो संस्थाले नेपाल र नेपाली जनता संग सम्वन्धित् सामाजिक, आर्थिक, संस्कृतिक, सनातन परम्परा, वालअधिकार, मानवअधिकार, तथा मुलुकको सार्वभौमिक हितका विषयमा छलफल, वहस, अध्ययन र अनुसन्धान गर्नेछ ।

यस संस्थाले ग्लोवल वार्मिङ्ग, नन् टेडिष्नल सेक्युरिटी ( फुड सेक्युरिटी, हेल्थ सेक्युरिटी, वाटर सेक्युरिटी) वेष्ट म्यानेजमेन्ट लगायतका विषय तथा जनसरोकारको विविध विषयमा अध्ययन अनुसन्धान गर्नेछ । यस संस्थाले नेपाल भारत दुईपक्षीय, नेपाल चीन दुईपक्षीय, नेपाल अमेरिका दुइपक्षीय नेपाल, भारत, चीन त्रिपक्षिय, नेपाल, अमेरिका, चीन त्रिपक्षिय, युरोपीयन युनियन, कोरिया, जापान, अष्ट्रिलिया लगायत देश तथा नेपाल संग कुटनैतिक सम्वन्ध स्थापित भएका वहपुक्षीय देशहरुसंगको विविध विषयहरुमा अध्ययन,अनुसन्धान,वहस तथा कुटनैतिक विषयसंग सम्वन्धित भएर विश्व समुदायसंग मैत्रीपूर्ण सम्वन्धलाई वलियो वनाउन सक्दो प्रयास गर्नेछ ।

कमेन्ट गर्नुहोस्