जिकेसिसीमा लगानीकर्ताको चासो

देश । आइतबारदेखि जारी लगानी सम्मेलनको आज दोस्रो दिन विभिन्न विषयमा १२ वटा सत्र सञ्चालन भए । स्वदेशी तथा विदेशी विज्ञ तथा सरकारी प्रतिनिधिले आफ्नो धारणा प्रस्तुत गरे । यसै अन्तर्गत सोमबार भएको ‘बि टु बि’ प्यानल डिस्कसनमा भारतिय र चाईनिज लागनीकर्ताहरुले गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स (जिकेसिसी) को परियोजनामा चासो देखाएका छन् ।

लगानी साझेदार बन्न औपचारिक प्रस्ताव आएका मध्ये लगानी मैत्री कम्पनी/संस्थालाई ईक्युटी पार्टनरका रुपमा भित्र्याउने तयारी कम्पनीले गरेकाे एमडी निरक पौडेलले जानकारी दिएका छन् ।

सोमबार नै लगानीकर्ताहरुसँग कम्पनीका तर्फबाट एमडी पौडेलले ड्राफ्ट एमओयु एक्सचेञ्ज गरेका छन् । बैंकिङ तथा प्राविधिक पक्षहरुमा स्पष्टता प्राप्त भएपछि अन्तिम सम्झौता हुने उनले जनाकेका छन् ।

जिकेसिसी परियोजनालाई चाईनाको सिन्चेन ह्वाह ईन्टरनेशनल, जज्याङ् अर्वन कन्स्ट्रक्सन ग्रुपसँगै भारतीय कम्पनी क्रस काउन्ड्री एड्भाईजरी र साईस्पेक्टिभ ईन्टरनेशनलले ड्राफ्ट एमओयु एक्सचेञ्ज गरेकाे कम्पनीले जानकारी दिएको छ । पचास मिलियन डलर लागत रहेको परियोजनाका लागि तीसदेखि चालिस प्रतिशतको लगानी साझेदार खोजिएको एमडी पौडेलले जनाए ।

कमेन्ट गर्नुहोस्