महिला संयोजकमा क्यानडाकी प्रमिलाको उम्मेदवारी

150 Shares

विदेश । नेपाल रहदा पनि समाजिक क्षेत्रमा सक्रिय प्रमिला बस्नेतले आफ्नो त्यो आबद्धतालाई प्रवासी जीवनमा पनि निरन्तरता दिइरहेकी छिन् । उनको कर्म क्षेत्र क्यानडा हो । तर उनको उपस्थिति र सलग्नताले भने देश तथा विदेश भनेन् । नेपाल बसाइको क्रममा बालकोट, ठिमी र भक्तपुर क्षेत्रमा बिशेस गरेर महिलाहरूको हक, हित र उनिहरूको सिप अनि क्षमता अभिवृद्धि गराउने कार्यमा प्रमिलाले निभाएको भूमिकाको आज पनि नेपालमा चर्चा हुने गरेको छ ।

यिनै प्रमिलाले अब गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् आईसीसी महिला संयोजकमा उम्मेदवारी दिने घोषणा गरेकी छन् । ‘एनआरएनमा महिलाको सशक्त उपस्थिती रहनुपर्ने र एनआरएनएमार्फत विदेशमा रहेका महिलाहरूको समस्या समाधान गर्ने योजना बोकेर चुनावी मैदानमा उत्रिएकी हुँ -‘ उनले भनिन् ।

एनआरएनएमा महिलाको उपस्थितिलाई महत्व दिँदै उनीहरूको आर्थिक स्वालम्बन, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा एनआरएनएमार्फत सुधारका योजनाहरू ल्याउने उनको योजनामा छिन प्रमिला । उनले आफु क्यानडामा रहेता पनि सबै देशको महिलाको समस्याको बारेमा बुझ्ने गरेको बताइन । गत १८ वर्ष देखि क्यानाडामा बसोबास गर्दै आइरहेकी गैह्र आवासीय नेपाली संघसंग उनको आबद्धता लामै समयदेखी हो ।

यो बिचमा उनले नेपाली समाज र विशेष गरेर प्रवास रहनु भएका नेपाली महिलाहरूको हक र हितका पक्षमा खेलेको भूमिकाको प्रसंसा गर्ने गरिएको छ । क्यानडामा गैर आवासीय नेपाली संघ सन २००७ मा जन्मिएको हो । त्यति बेलादेखी नै प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सामाजिक क्षेत्रमा सक्रिय प्रमिला अहिले क्यानडाको स्वास्थ्य क्षेत्रमा कार्यरत छिन ।

सन २०१५ देखी १७ सम्म गैह्र आवासीय नेपाली संघ क्यानडाको महिला संयोजक हुंदा प्रमिलाले प्रवासी नेपाली र अन्तरराष्ट्रीय विधार्थीहरुको हितमा धेरै कार्य गरेकी थिइन । २०१७-१९ मा उनि आइसीसी मेम्बर बनिन भने अब सन १०१९ -२१ का लागि ग्लोबल महिला संयोजकमा आफूलाई प्रस्तुत गरेकी छिन। प्रमिलाले क्यानेडियन सरकारसंग मिलेर आयोजना गरेको सामाजिक जनचेतनामूलुक कार्यक्रमहरू बिभिन्न रोगहरूको उपचार , स्तन क्यान्सर लगायतका कार्यक्रमहरूले पनि क्यानेडियन सरकारले नजरमा राम्रो प्रभाव पारेको थियो । उनले महिला संयोजक हुँदा ‘वमन फोरम’ स्थापना गरेकी थिइन । यो फोरम गैह्र आवासीय नेपाली संघ क्यानडाको इतिहासमा नै पहिलोपटक गठन गरिएको थियो । ‘मैले प्रवासीको समस्यालाई नजिकबाट बुझेकी छु त्यसैले पनि यो पदका लागि योग्य छु जस्तो लाग्छ’ प्रमिलाले भनिन् ।

तपाईको प्रतिक्रिया