नेप्सेमा सामान्य ‘करेक्सन’

देश । सोमबार ३ हजारको विन्दु पार गर्दै बढेको सेयर बजार मंगलवार भने घटेको छ । आइतबार र सोमबार लगातार बढेको सेयर बजारमा मंगलबार भने ‘करेक्सन’ देखिनु स्वाभाविक भएको बताइएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घट्दा यसले बजार अगाडी बढ्न मदत गर्ने विश्लेषकहरुको विश्वास छ ।

नेप्से परिसूचक ३ दशमलव ७२ अंकले घटेर ३ हजार २२ दशमलव ११ अंकमा झरेकाे छ । उता ‘क’ वर्गका काराेबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.२५ अंकले बढेकाे छ ।

यसअ अघि आइतबार नेप्से परिसूचक २ हजार ९ सय ८३ मा पुगेको रेकर्ड कायम भएके थियो । भने , सोमबार ३ हजार भन्दा माथि पुगेर नेप्से परिसूचकले ऐतिहासिक रेकर्ड कायम गरेको थियो । नेप्से परिसूचकमा करेक्नसन देखिए पनि काराेबार रकममा भने उल्लास नै देखिएकाे छ । काराेबार रकम १६ अर्ब ५२ कराेड ८७ लाख रूपैयाँ भन्दा धेरै भएकाे छ ।

कमेन्ट गर्नुहोस्