२७ सय ७ जना कोरोनामुक्त

देश । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त भएर २ हजार ७ सय ७ जना घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार विभिन्‍न जिल्लाबाट गरी २७ सय ७ जना निको भएका हुन् । यो सँगै निको भएका केसहरु २ लाख ९२ हजार ४ सय ९० पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको २० हजार ३ सय ६७ पीसीआर परीक्षणबाट ८ हजार ९ सय ७० जनामा कोरोना संक्रमण देखिएको छ । एन्टिजेन विधिबाट गरिएको ७ सय ७५ परीक्षणबाट १ सय जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ । २४ घण्टामा ५४ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या ३ हजार ५ सय २९ पुगेको छ ।

बिहीबारसम्म कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ रहेको छ । जसमध्ये ६७ हजार २४६ जना होम आइसोलेसनमा र ५३१५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै ६५२ जनाको आईसीयूमा र २०१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्