देश । पछिल्लो समय नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको बढ्दो संख्यासँगै गत विहिबार एक महिलाको मृत्यु भएपछी अवस्था झनै त्रसित छ । समुदाय स्तरमा फैलिएको कोरोना भाइरससँग बाच्ने तयारी ठिकसँग नेपाल सरकारले नगर्दा अवस्था महामारी तर्फ धकेलिदै छन् । यसैबीच बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा बसेका २४ वर्षका युवकको मृत्यु भएपछी त्यहाँको अवस्था झनै त्रसित छ ।
नरैनापुरको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारेन्टाइनमा बसेका युवकको आइतबार बिहान मृत्यु भएपछी क्वारेन्टाइनमा उपचार नपाएको भन्दै स्थानीय बासिन्दाले विरोध समेत जनाएका छन् । नरैनापुर-५ नयाँ बस्तीका ती युवक वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए । मृतक युवाकोको स्वाब शनिवारनै सङ्कलन गरि परिक्षणको लागि पठाईएको छ । उनको रिपोर्ट आजै आउने बताइएको छ ।
कमेन्ट गर्नुहोस्