कोरोना भाइरस : इटाली र स्पेनमा केहि कमि

सांकेतिक तस्बिर

विदेश । चीनको वुहानमा गत वर्षको डिसेम्बरमा पहिलो पटक देखिएको कोरोना भाइरस (कोभिड १९) यतिबेला विश्वको समस्या बनेको छ । एक मानिसबाट अर्को मानिसमा सर्ने भएकाले यतिबेला विश्व स्वास्थ्य संगठनले सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ । कोरोना भाइरसबाट विश्वभर संक्रमित हुनेको संख्या सोमबार विहानसम्म १२ लाख ७२ हजार पुगेको छ । यसबाट ६९ हजर तीन सय ५० जनाको मृत्यु भएको छ भने दुई लाख ६० हजार मानिस निको भएर घर फर्किएका छन् ।

पछिल्लो समय संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गरेको इटलीमा दुई हप्तापछि कोभिड १९ का कारण मृत्यु हुनेको संख्यामा कमी आएको छ । आइतबार इटलीमा ५ सय २५ जनाको मृत्यु भएको छ । यद्दपी त्यहाँ कोरोना भाइरसकोसंक्रमणका कारण अहिलेसम्म १५ हजार ८ सय ८७ जनाको मृत्यु भइसकेको छ । यसैगरी इटाली झैँ स्पेनमा मृत्युदरमा कमि आएको छ । स्पेनमा गएको २४ घण्टामा ६ सय ७४ जनाको मृत्यु भएको छ । यो स्पेनमा एक हप्तायता २४ घण्टा अवधिमा मृत्यु हुने सबैभन्दा कम संख्या हो । यद्दपी स्पेनमा कोरोना भाइरसको कारण १२ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ ।

स्पेन र इटालीमा कोरोनाको कहर केहि मात्रामा भएपनि कम देखिएता पनि अमेरिकामा भने संक्रमितको संख्या बढ्दो नै छ । अमेरिकामा सबैभन्दा बढी ३ लाख ३५ हजार मानिसमा यो भाइरसको संक्रमण देखिएको छ । यहाँ मृत्यु हुनेको संख्या ९ हजार ५ सय ६२ पुगेको छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्