देश । आइतबार सर्लाहीमा १० जना नयाँ कोरोना भाइरस (कोभिड १९) संक्रमित भेटिएका छन् । सर्लाहीको हरिपुर नगरपालिकामा ७ जना र ब्रह्म्पुरी गाउँपालिकामा ३ जना संक्रमित भेटिएका हुन् । संक्रमित हुनेहरुमा हरिपुर नगरपालिका वडा नं. ९ मा ५०, ३४ ,१५ र १७ वर्षीय , वडा नं. ३ फरहदवामा २ जना र वडा नं. ४ मा १ जना गरी जम्मा ७ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । सम्पूर्ण संक्रमित वडाले निर्माण गरेको क्वारेन्टाइनमा रहेका थिए ।
यस्तै , ब्रम्हपुरी गाउँपालिका स्थित रामबिलास प्रा.वि.को क्वारेन्टाईनमा रहेका वडा नं. २ का ४८ वर्षीय, वडा नं. ३ का २८ वर्षीय र वडा नं. ७ का २५ वर्षिय पुरुषहरु गरी ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । सक्रमितहरु छिमेकी मुलुक भारतबाट आएर क्वारेन्टाईनमा बस्दै आएको बुझिएको छ ।
कमेन्ट गर्नुहोस्








