विशेष शो मा रुचाईयो ‘सुश्री सम्पति’

फिल्म । मङ्सिर २८ मा रिलिज हुने फिल्म ‘सुश्री सम्पति’ पछिल्लो समय सार्वजनिक गीत ‘हुकुम बक्सियोस’ र ट्रेलरको कारण चर्चामा छ । गीतलाई युट्युबमा झन्डै ४५ लाखले हेरिसकेका छन् भने यसको ट्रेलरमा बोलिएको संवादलाई पनि दर्शकले रुचाइरहेका छन् । फिल्म तिन पात्र सलोन बस्नेत , सारा शिर्पाइली र बिनोद न्यौपानेको वरिपरी घुम्छ । दुई बेरोजगार युवाले आफ्नो सपना परिपूर्ति गर्न अपनाउने गलत बाटो र त्यसमा आइपर्ने कठिनाइलाई फिल्ममा रमाइलो शैलीमा प्रस्तुत गरिएको छ ।

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा सलोन, सारा र बिनोदसँगै राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ भने प्रियंका कार्की विशेष भूमिकामा छिन् । ‘पहिलो फिल्मको कमीकमजोरीलाई यसमा सुधार्ने मौका पाएको छु’ निर्देशक आचार्य भन्छन ‘रिलिज अघि गरिएको ट्राइल शो मार्फत आएको प्रतिक्रियाले उत्साहित छु ।’ उनले गत वुधवार ट्राइल शो को आयोजना गरेका थिए । जहाँ , सिताराम कट्टेल धुर्मुस , केदार घिमिरे माग्ने बुढा , दीपक राज गिरी , भुवन केसी , दीपाश्री निरौला , जितु नेपाल , दिवाकर भट्टराई , संजोग कोइराला , शिल्पा पोखरेल, आकाश श्रेष्ठ लगायतले फिल्म हेरेका थिए । फिल्म हेरिसकेपछी अधिकाँसले यसलाई मनोरन्जनात्मक रहेको बताए ।

‘फिल्मले दर्शकलाई भरपुर मनोरंजन दिन्छ’ भुवनले भने ‘मलाइ कलाकारको अभिनय मन पर्यो ।’ यता दीपक र दीपाले फिल्मले दर्शकको मन जित्ने विश्वास व्यक्त गरे ।रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् । ‘हाम्रो फिल्मले पाएको प्रतिक्रियाले निकै उस्थित छु’ निर्माता त्वायनाले अतिथिलाई धन्यवाद दिदै भने ‘फिल्मले राम्रो बनाउने प्रयास गरेका छौ , बाकि दर्शकको हातमा छ ।

‘फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । अभिमन्यू निरवी र निर्देशक आचार्यको डाइलग रहेको फिल्मको स्क्रिनप्ले अभिमन्यूकै रहेको छ । फिल्मलाई उपत्यकामा बिके फिल्मसका गोपालकाजी कायस्थ र मोफसलमा एफडी कम्पनीले वितरण गर्दैछन । फिल्मलाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् । आउदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्मलाई अधिकाँस हलब्यबसायीले पनि डिमाण्ड गरिरहेक छन् ।

कमेन्ट गर्नुहोस्