‘डामाडोल’ ले पनि तय गर्यो रिलिज डेट

तस्वीर : आसिफ शाह फेसबुकबाट

फिल्म । गत वर्ष फिल्म ‘२ रुपैयाँ’ निर्माण गरेर सफल भएको टिमले नयाँ फिल्म ‘डामाडोल’ घोषणा गरिसकेका छन् । आसिफ शाह , निश्चल बस्नेतको अभिनय रहने भएकाले पनि फिल्म प्रतिक्षित छ । यो फिल्म यसै वर्षको अन्त्यमा प्रदर्शनमा आउने चर्चा चलेको थियो तर अब फिल्म आउदो वर्ष प्रदर्शनमा आउने भएको छ । आसिफ नेपाल आइडल सिजन २ को होस्टको रुपमा व्यस्त भएपछी फिल्मको छायाँकन हुनसकेको थिएँन । तर हालै फिल्मका निर्देशक असिम शाह र आसिफले फिल्मको रिलिज डेट तय गरेका छन् ।

फिल्म आउदो वर्ष अर्थात् २०७६ को साउन ३० मा प्रदर्शनमा आउनेछ । फिल्मलाई उपत्याकामा स्टेसन फाइभ र मोफसलमा एफडी कम्पनिले वितरण गर्दैछ । मोफसल वितरक कम्पनि एफडीसँग फिल्म निर्माण युनिटको तर्फबाट आशिफ र असिमले बुधवार सम्झौता गरेका हुन् । फिल्ममा बर्षा राउत रहने चर्चा पनि चलेको थियो तर फिल्मबारे निर्माण पक्षले आधिकारिक रुपमा केहि जानकारी गराइसकेको छैन ।

कमेन्ट गर्नुहोस्