विकासको गीतमा बुगीवुगीका सृष्टि र रविन (भिडियो)

जयहोस् । अन्तराष्ट्रिय डान्सिङ रियालिटी शो बुगी वुगीको नेपाल फ्रेन्चाइजबाट चर्चामा आएका प्रतियोगी सृष्टी महर्जन र रविन भुजेलले म्युजिक भिडियोमा अभिनय गरेका छन् । प्रतियोगितामा उपाधि उचाल्न नपाएता पनि आफ्नो कर्मको सुरुवात भने गरिसकेका छन । रोनन सुव्वाको स्वरमा रहेको ‘सुनन् मैंया…’ बोलको गीत मार्फत यी दुईले आफुलाई रजतपटमा इन्ट्री गराएका छन् । गीतमा बाबु बोगटीको शव्द संगीत रहेको छ । भिडियोमा अनिल के. मानन्धरको छायाँकन, सुप्रिम पराजुलीको सम्पादन र रोहिया महर्जनको कोरियोग्राफी रहेको छ । गीतलाई विकास सुबेदीले निर्देशन गरेका छन् । उनले यसमा काठमाडौंका घरभेटी र सडकको अवस्थालाई समेत व्यङ्ग प्रहार गरेका छन् ।
कमेन्ट गर्नुहोस्