‘साइको सैयाँ’ मा प्रभास र श्रद्धा (भिडियो)

30 Shares

फिल्म । बलिउडकै प्रतिक्षित फिल्म ‘साहो’ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘साइको सैयाँ’ गीतमा प्रभास र श्रद्धा कपूरलाई ग्लामर अवतारमा प्रस्तुत गरिएको छ । चार भाषामा निर्माण गरिएको फिल्मको पहिलो गीतमा तनिश्क बाग्चीको संगीत रहेको छ । संगीतकार बाग्ची, ध्वनी भानुशाली र सचेत टण्डनको स्वर रहेको गीतलाई कलरफुल बनाइएकोछ । ब्लकबस्टर ‘बाहुबली २’ पश्चात प्रभासको फिल्म तामिल, तलेगु, मलयालम र हिन्दि भाषामा रिलिज हुनेछ । आउँदो अगस्ट १५ मा रिलिज हुने फिल्ममा प्रभासलाइ कुल र एक्सन अवतारमा प्रस्तुत गरिएको छ ।

फिल्मको एक्सन र मेकिङले जो कसैलाई आकर्षित गर्न सक्छ । ‘बाहुबली’ सेरिज मार्फत चर्चामा रहेका एक्टर प्रभाससँगै श्रद्धा कपूर पनि डेरिंग देखिएकी छिन । एक्सनको लागि गरिएको मेहनतले फिल्मको प्रतिक्षा गरिरहेका दर्शकलाई अझै कौतुहल बनाएको छ । विदेशी भूमिमा पनि एक्सनको लागि गरिएको मेहनतले फिल्मको हाइप बढाउने निश्चित छ । फिल्मको एक्सनलाई केनी बेट्सले निर्देशन गरेका हुन् । मिसन इम्पोसिबल र ट्रान्सफर्मर जस्ता हलिउड फिल्म मात्र होइन केनीले साउथकै ‘२.०’ को एक्सन पनि कोरियोग्राफ गरिसकेका छन् । सुजीथको निर्देशनमा तयार भईरहेको फिल्म प्रतिक्षित छ ।

Facebook Comments