देश । पछिल्लो केहि दिनयता विनाकारण विभिन्न समयमा बिजली काटिरहेको छ । यसले गर्दा जनतालाई पुन: लोडसेडिङ हुन् थालेकी होकी भन्ने परिरहेको छ । यद्दपी लाइन काट्नुको कारण विभिन्न मर्मत तथा प्राविधिक कारण जनाउदै ऊर्जा, जलश्रोत तथा सिंचाइँ मन्त्रालयले यसलाई लोडसेडिङ नभएको प्रष्ट्याएको छ ।
उर्जामन्त्री वर्षमान पुन अनन्तका प्रेश संयोजन दयानिधि भट्टले फेसबुक मार्फत कतै पूर्वजानकारी बिना विद्युत सेवा नियमित नभएको अवस्थामा ऊर्जा मन्त्री वर्षमानको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्न अनुरोध गरेको छ । सम्पर्कका लागि ऊर्जामन्त्रीको सचिवालयको हटलाइन नम्बर-११५१ मा २४ सै घण्टा वा ९८५११०९८३५ मा फोन गर्न सकिने उनले जनाएका छन् ।
कमेन्ट गर्नुहोस्









