कृत्रिम अभाव गराउनेलाई कडा कारबाही गरिने

देश । पछिल्लो समय विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको उच्च जोखिमले आम मानिस चिन्तित छन् । केहि देशमा यसले देखाएको त्रास र गरेको असरले सबै सजग हुनु जरुरि छ । कोभिड १९ को उच्च जोखिम नेपाल पनि रहेको डब्लूएचओले बताएपछि यहाँ पनि त्रास बढ्दो छ । यसैबीच बजारमा समान लुकाइने व्यापारीलाई कारवाही गर्न नेपाल सरकारले निर्देशन समेत दिईसकेको छ । यसै बीच नेपाल आयल निगमले ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव गराउने विक्रेता एवं ढुवानीकर्तालाई कडा कारबाही गर्ने जनाएको छ ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै निगमले उपभोक्ताको माग बमोजिम पेट्रोल, डिजेल तथा ग्यासको सहज आपूर्ति भएको जनाएको छ । यस विषम् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिका बावजुत पनि निगमले उपभोक्ताको माग बमोजिम पेट्रोल, डिजेल तथा एलपी ग्या लगायतका पेट्रोलियम पदार्थहरुको निर्वाध आपूर्ति एवं विक्री वितरण गरिरहेको र आगामी दिनमा पनि सम्पूर्ण पेट्रोलियम पदार्थहरु सहज रुपमा उपलब्ध गराउन निगम प्रतिवद्ध रहेको निगमको विज्ञाप्तिमा उल्लेख छ । साथै निगमले बजारमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरी सर्वसाधारण उपभोक्ताहरुलाई भयवित गराइ फाइदा उठाउने कार्यमा निगमका विक्रेता, ढुवानीकर्ता तथा एलपी ग्यास विक्रेता आदिको संलग्नता पाइएमा नेपाल आयल निगम लिमिटेडले कडा कारबाही गर्ने चेतावनी समेत विज्ञाप्ति मार्फत दिएको छ ।

यसैबीच उद्योग वाणिज्‍य तथा आपूर्ति मन्त्री लेखराज भट्टले बुधबार काठमाडौं उपत्यकाका विभिन्न पेट्रोल पम्प, ग्यास उद्योग, ग्यास डिलर तथा कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेका छन् । कोरोना भाइरस कोभिड-१९ को संक्रमण फैलने त्रासले व्यापारीहरुले कालोबजारी गरेको गुनासो बढ्न थालेपछि मन्‍त्री भट्टले बजार अनुगमन गरेका छन् ।

कमेन्ट गर्नुहोस्