देश । रौतहटको गरुडामा खटिएको प्रहरी टोली र स्थानीयबीच झडप भएको छ । गरुडा नगरपालिका ९ को गेडहिगुठी टोलमा निषेधाज्ञाको बेला ब्याण्ड बाजा सहित भिडभाड गर्दै जन्ती जान लागेको टोलीलाई प्रहरीले रोक्न खोजेपछि भएको झडपमा इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी द्वारिका घिमिरेसहित ६ प्रहरी घाइते भएका छन् ।
कर्कश ध्वनि सहित जन्ती जादै गर्दा प्रहरी टोलीले सम्झाइ बुझाइ गर्दा आक्रमण भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । यस्तै , आक्रमणमा संलग्न २ जनालाई पक्राउसमेत गरेको छ ।
कमेन्ट गर्नुहोस्












