इपीएलमा अमला र गेल ल्याउने तयारी

देश । वेष्ट इन्डिजका बिस्फाेटक ब्याट्सम्यान क्रिस गेललाई नेपाल ल्याउने तयारी अगाडी बढेको छ । काठमाडाैंमा हुने एभरेष्ट प्रिमियर लिगका नयाँ सिजनका लागि उनि आउने सम्भावना बढेको हो । आयाेजकले बिदेशी खेलाडीका रूपमा नयाँ प्रावधान बनाएसँगै स्टार खेलाडी यसपटक नेपालमा खेल्न आउने प्रसम्भावना बढेको हो । दक्षिण अफ्रिकाका पुर्व कप्तान हसिम आमला नेपालमा खेल्न आउने भने तय भएको छ । कुन टिमबाट खेल्ने तय नभएता पनि उनि आउने पक्का भएको हो ।

अमला नेपालमा खेल्ने पक्का भइसकेकाे जाेरा स्पाेर्टस म्यानेजमेन्टका एमडी आमीर अख्तरले बताए । दुबै खेलाडीका लागि २-३ टिमले अप्राेच गरिरहेकाे र कुन टिमबाट खेल्ने भन्ने एकिन भईसकेको छैन । यसपटककाे इपीएलमा अन्तराष्ट्रिय स्तरमा चर्चा कमाएका खेलाडी ल्याउने तयारी भइरहेकाे छ । जसमा इंग्ल्याण्ड, अष्ट्रेलिया, आयरल्याण्डबाट खेलाडी ल्याउने तयारी गरिएकाे छ । अघिल्लाे संस्करणमा पनि नाम चलेकाे खेलाडी इपीएल खेल्न नेपाल आएका थिए ।

कमेन्ट गर्नुहोस्