संक्रमित बढेसँगै सर्लाहीमा लकडाउनमा कडाइ

देश । शुक्रबार विहान नयाँ संक्रमित १५ थपिएसँगै सर्लाहीमा संक्रमितको संख्या २० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार सर्लाहीको गोडैता नगरपालिकाका १४ तथा रामनगर गाउँपालिकाका १ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको हो ।

गत मंगलवार सर्लाहीबाट ८६ जनाको स्वाब संकलन गरि काठमान्डू पठाईएको प्रमुख जिल्ला अधिकारी मोहन जिसीले बताए । उनका अनुसार गोडैता नगरपालिकाले स्थापना गरेको क्वारेन्टिनमा राखिएका एवं रामगनर गाउँपालिकाका ५ जनाको गरी ८६ जनाको स्वाब संकलन गरिएको हो । क्वारेन्टाइनमा रहेको भारतबाट फर्किएकाहरु भएको बताइएको छ । संक्रमितको संख्या बढेसँगै सर्लाहीमा लकडाउनलाई थप कडाइ गरिएको छ ।

कमेन्ट गर्नुहोस्