फिल्म । सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० आजबाट सुरु हुँदैछ । आज हुने औपचारिक उद्घाटन समारोहमा भाग लिन विभिन्न देशका राजदुत / पर्यटन मन्त्री नेपाल आएका छन् । उनीहरुले आ-आफ्नो माध्यमबाट नेपालको भ्रमण वर्ष सफल पार्न लागिरहेका छन् । यसको प्रचार–प्रसारमा सरकार जति सक्रिय छ, त्योभन्दा कम सक्रिय छैनन् नेपालका लागि विभिन्न मुलुकका राजदूत । यसैक्रम नेपालका लागि चिनियाँ राजदूत होउ याङीलाई पनि भ्रमण वर्षको रौनकले छोएको छ ।
राजदूत होउले काठमाडौंका विभिन्न मन्दिरमा पुगेर फोटोसेसन गरी ट्विटरमा पोष्ट गरेकी छन् । होउले मंगलबार विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार स्क्वायरको विश्वनाथ मन्दिर र मूलचोक आसपासका आफूसमेत संलग्न तस्वीर ट्विट गर्दै नेपाल भ्रमणका लागि आग्रह गर्नुभएको हो । तस्वीरहरु शेयर गर्दै उनले भ्रमण वर्षको शुभकामना दिँदै नेपाललाई घुम्नै पर्ने गन्तव्यको रुपमा चित्रण गरेकी छन् ।
यस्तै नेपालका लागि अमेरिकी राजदूत र्यानडी बेरी पनि सामाजिक सञ्जालमार्फत नेपालको प्रचार–प्रसारमा निकै सक्रिय रहँदै आउनुभएको छ। आफ्नो मुलुक वा दूतावासको कार्यक्रम होस् या व्यक्तिगत भ्रमण, उहाँ नेपालका तस्वीर र भ्रमण गन्तव्यको प्रचार प्रसारमा जुटिरहेको देखिन्छ।
True beauty always touches the deep heart. Beautiful Nepal with history, diversity and nature deserves a visit. Wish #VisitNepal2020 successful! @yogesbhattarai २०२० नेपाल भ्रमाण वर्ष सफलताको शुभकामना ! pic.twitter.com/uXXnYWu7Iv
— Ambassador Hou Yanqi (@PRCAmbNepal) December 31, 2019