नेपालमा कोरोनाबाट छैठौं व्यक्तिको मृत्यु भएको घोषणा

11 Shares

देश । गत २४ घण्टामा नेपालमा गरिएको कोरोना भाइरस (कोभिड १९) परिक्षणमा थप १ सय ७० जनामा संक्रमण रहेको पुष्टी भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार २ सय १२ पुगेको छ । शुक्रबार नियमित मिडिया ब्रिफिङको क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाकाले कोरोना भाइरसको कारण नेपालमा छैठौं व्यक्तिको मृत्यु भएको घोषणा गरेका छन् ।

भारतबाट फर्किँदै गर्दा मृत्यु भएका अर्घाखाँचीका युवकमा पनि संक्रमण भएको पुष्टि भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ पुगेको हो । गत जेठ १० गते भारतबाट फर्किने क्रममा अर्घाखाँचीको भूमिकास्थान नगरपालिका -९ का एक युवकको बाटोमै मृत्यु भएको थियो । भैरहवाको प्रयोगशालमा स्वाब परीक्षण गर्दा बिहीबार मात्रै उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

कमेन्ट गर्नुहोस्