धोनीको टिममा देखियो कोरोनाको संक्रमण

विदेश । इन्डियन प्रिमियर लिग(आईपीएल) खेल्नका लागि यूएई पुगेका खेलाडीहरुमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीको टोली चेन्नइ सुपर किङसका बलरसहित १० भन्दा धेरै सदस्यमा कोरोना संक्रमण देखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म आइपिएल युएइमा हुने आयोजकले जनाएका छन् । चेन्नईको टोली २१ अगष्टमा यूएई पुगेको थियो । ययूएई पुगेर क्यारेन्टाइनमा बसेका खेलाडी र प्रशिक्षक, व्यथापक, सहयोगीहरुको पहिलो, तेस्रो र छैटौं दिनमा परीक्षण गर्ने क्रममा केहीको रिपोर्ट पोजिटिभ देखिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

अन्य टोलीले यूएई पुगेर प्रशिक्षण सुरु गरिसकेका छन् । चेन्नईको पनि शुक्रबारबाट प्रशिक्षण सुरु गर्नै तयारी भएपनि सदस्यहरुमा संक्रमण देखिएपछि क्वारेन्टाइन अवधि एकसाताका लागि बढाइएको छ। सेप्टेम्बर १९ बाट आइपीएल सुरु हुने भनिए पनि अहिलेसम्म भारतीय क्रिकेट कन्ट्रोल बोर्डले तालिका सार्वजनिक गरेको छैन ।

(एजेन्सी)
कमेन्ट गर्नुहोस्